लामाचौरमा गुडिरहेको बस माथि विद्युतको पोल ढलेपछि...

पाेखरा | फागुन २३, २०८०

लामाचौरमा गुडिरहेको बस माथि विद्युतको पोल ढलेपछि...

पोखरा:      पोखराको लामाचौरमा गुडिरहेको स्कुल बस माथि विद्युत पोल ढलेको छ । बुधबार बिहान लामाचौरबाट नदीपुरतर्फ आउँदै गरेको स्कुल बस माथि विद्युत पोल ढलेको स्थानीयहरुले बताएका छन् । 


स्थानीयका अनुसार लामाचौरबाट विद्यार्थी लिएर नदीपुरतर्फ आउँदै गरेको ग १ क २३९४ नम्बरको स्कुल बस माथि विद्युतको पोल ढलेको हो । विद्युत पोल ढलेपछि त्यस क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । 


नेपाल विद्युत प्राधिकरण मालेपाटन शाखाका सूचना अधिकारी प्रदिप कुमार भुवाजीले लामाचौरमा विद्युतको पोल ढलेको सूचना प्राप्त भएको जानकारी दिए । 


‘ लामाचौरबाट नदीपुरतर्फ आउँदै गरेको स्कुल बसमाथि विद्युतको पोल ढल्यो भन्ने सूचना आएको छ’, भुवाजीले भने, ‘बसले ठक्कर नदिई पोल ढल्दैन हाम्रो टोली लामाचौरतर्फ जाँदै छ, थप विवरण केही समयमा आउँला ।’


विद्युतको पोल स्कुल बस माथि ढले पनि मानविय क्षति भने भएको छैन् ।  


 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्